अध्यक्षको भनाई
ब्यास साकोस संचालनको १५औं बर्षमा प्रवेश गरेको छ । स्थापनाकाल देखि नै संस्थाले सदस्यकेन्द्रित सेवा प्रदान गर्दै आएको छ । सहकारी, सेवा मुलक संस्था त हो नै तर यो ब्यबसायिक संस्था पनि हो । यिनै दुई उद्देश्य परिपुर्ति गर्नका लागि संस्थाले आफ्नो संपुर्ण ध्यान केन्द्रित गरेको छ । आर्थिक पारदर्शिता, जवाफदेहिता, निम्वेवारी र शुशासन हाम्रा आदर्श हुन । सहकारी ऐन, नियमावलि,आन्तरिक नीति र कार्यविधि, नियामन निकाएका निर्देशनको परिपालना गर्दै सस्थालाई नीति र विधिमा चलाउने प्रयत्न गरिएको छ । बैकिङ प्रणालिमा भित्रीएका नयाँ नयाँ प्रविधिहरुलाई सहकारीमा प्रयोगमा ल्याईएको छ ।
दोहोरो सदस्यताको कारण संस्थाले प्रदान गर्ने शेयर वोनशको आधारमा संस्थाहरुको मुल्यांकन गर्ने प्रवृति हावि छ । सहकारी ऐनले निर्दिष्ट गरेको कोषहरुको आधारमा संस्थाको विनियममा व्यबस्था भएका कोषहरुको बाडफाड र त्यसको प्रयोगको प्रयोजन बुझाउन नसक्दा सदस्यहरुको चेतमा परिवर्तन ल्याउन सकिदैन । अहिले हामी यहि अभियानमा छौ । सदस्यहरुले शेयरमा मात्र वोनस हैन,नियमित बचत कारोवार र कर्जा कारोवारमा पनि वोनसको सुबिधा हुन्छ र यस्तो ब्यबस्था सहकारीले मात्र गर्दछ भन्ने वुझाई बुझ्न र बुझाउन जरुरी छ । त्यसै गरी सहकारीको बचाउ, सुरक्षा र ब्यबसायिक बिकासको लागि स्थिरिकरण कोषमा प्रवेश तथा स्तरिकरण कार्यक्रममा सहभागीता आजको आवस्यकता हुन भन्ने बिषयलाई सदस्यहरु माझ ब्यापक गराउन, सहकारीले गर्ने बिबिध कार्यक्रमको जानाकारी सदस्यमाझ पुुर्याउन, कार्यक्रमहरुको कार्यान्वयनको अबस्था र समग्र आर्थिक तथा वित्तिय अवस्था वारे सदस्यहरुलाई सुसुचित गराउनु सस्थाको दायित्व हो । प्रशाशनिक तथा वित्तिय पारदर्शिता र खर्च गर्ने पद्दती र प्िरक्रयाहरु के छ ? सस्थाले प्रदान गर्ने सेवा र सुविधाको अवस्था के छ ? सदस्यहरुको आम चासोको विषय बन्ने गर्दछ । यी सबै बिषयमा सस्थाबाट सदस्यलाई जानाकारी दिन जरुरी छ ।
यी बिषयहरुको बारेमा सस्थाबाट नियमित जानाकारी गराउदै आईएको छ । सामान्यतया सस्थाका संपुर्ण गतिविधिहरुको जानाकारी गराउन सुचना पाटि, पत्र पत्रिका, फेसबुक पेज, माईकिङ, फोन तथा मोबाईलको प्रयोग हुदै आएको छ । ……प्रविधि युक्त सहकारी हाम्रो सस्थाको भिजन हो । तसर्थ सुचना प्रविधिका नयाँ आयामहरुलाई सस्थामा प्रयोगमा ल्याउन जरुरी छ । यसै सन्दर्भमा सहकारीले आफ्नै ओयव पेज संन्चालनमा ल्यएको छ । अव हाम्रा सम्पुर्ण सुचनाहरु हाम्रो आफ्नै ईलेक्टोनिक पेज मार्फत सदस्यहरुलाई दिने कुरा सुनाउन पाउदा खुशी लागेको छ ।
प्रदिप राज अधिकारी
अध्यक्ष

Start typing and press Enter to search